कार्तिक ११ भक्तपुर । भक्तपुरको ल्यासिङ्खेलमा सुरु भएको दुईदिने ४३ औँ नेपाल भाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) सम्पन्न भएको छ ।
नेपाल भाषा र साहित्यको विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल भाषा साहित्य सम्मेलनमा नेपाल भाषाका विविध सांस्कृतिक प्रस्तुति, गीत, नृत्य, कथा, कविता, निबन्ध, एकाङ्की, नाटक, प्रहसन, नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भक्तपुरका असल किसान कार्यकर्ता आशाकाजी माक, सांस्कृतिक गुरु चन्द्रबहादुर कपाली, अग्रज स्वास्थ्यकर्मी दिलबहादुर माताङ्ग र गीतकार नारायणकुमार आचार्यलाई जनही नगद रु १० हजारसहित सम्मान गरिएको थियो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सम्मेलनको उद्घाटन गरेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







