पोखरा, कात्तिक १२
पोखराको पुम्दीभुम्दीमा ग १ ख ८५८५ नम्बरको बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । पोखरा–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपातर्फ जाँदै गरेको बस घैयाखेत भन्ने ठाउँमा दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
घाईतेहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका अस्पतालमा लगिएको बुझिएको छ ।
पोखरा यातायात प्रालिको सो बस शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने बस हो । दुर्घटनास्थल उकालो ठाउँमा रहेको बताइएको छ । बस सडकबाट १० मिटर तल खसेको अवस्थामा उद्धार गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







