काठमाण्डौं । नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।
मंगलबार निगमले विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्य समायोजनसँगै अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्ने छ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







