वित्तीय संस्थाको म्यानेजर छाडेर च्याउ खेतीमा रमाउँदै सन्दीप


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८० मा प्रकाशित




पोखराका सन्दीपबहादुर क्षेत्री कालिका माईक्रो फाईनान्समा शाखा म्यानेजर थिए । ससुराले च्याउखेती गरेको देखेर प्रभावित उनले श्रीमतीलाई च्याउ खेतीबारे सिक्न लगाए । श्रीमतीपनि के कम ! श्रीमानको सुझाव अनुसार च्याउ खेतीबारे माईत गएर बुझे ।

आफ्नै देशमा केहि गरौं भन्ने हुटहुटी बोकेका क्षेत्रीलाई श्रीमतीको साथ पाएपछि आफ्नो हुँदाखाँदाको जागिर छाडेर च्याउ खेतीतर्फ लागे । पाँच वर्षअघि पोखरा–२२ चिसापानीमा चिसापानी च्याउ फर्मबाट च्याउ खेती शुरु गरेका क्षेत्रीले अहिले पोखरा–१९ लामाचौरमा थप दुईवटा फर्म बिस्तार गरेका छन् । सिजन अनुसार फरक÷फरक ठाउँमा च्याउ खेती गर्ने उनले अहिले लामाचौरस्थित हवल्दार चौतारामा १३ वटा टनेलमा ६ हजार वटा बल हालेका छन् । जसबाट दैनिक ७ सय केजी च्याउ उत्पादन हुनेगरेको क्षेत्रीको भनाई छ ।

च्याउ खेतीमा फाईदापनि छ । उनी करीब ३ महिनाको एक सिजनमा ५÷७ लाख फाईदा हुने बताउँछन् । ‘च्याउ खेतीमा फाईदापनि छ, अनि रिस्क र दुःख दुबै छ’–उनले भने । कहिले सप्रेको बेला भाउ नपाउने, कहिले बिक्री नभएर कुहाएर फाल्नुपर्ने त कहिले फल्दै नफल्ने समस्यापनि हुने भएकाले यो खेती चुनौतिपूर्ण रहेको उनको भनाई छ । ‘अरु सुत्नेबेलामा हामी जागा बसेर काम गर्नुपर्छ । राती ३ बजे च्याउ टिपेर सब्जी मण्डीमा पु¥याईसक्नुपर्ने भएकाले जो कसैले यो पेशा अप्नाउन आँट नगर्ने उनको बुझाई छ ।

तर च्याउ खेतीबाट आम्दानी राम्रो भएकाले आफू सन्तुष्ट रहेको क्षेत्रीले बताए । तर राज्यले न्यूनतम समर्थन मूल्य कायम राख्नुपर्ने र सहुलियत रुपमा कर्जा उपलब्ध गराउनुपर्ने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।