नेप्सेमा दोहोरो अंकको वृद्धि


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०८० मा प्रकाशित




काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने १२ को स्थिर रह्यो ।

सोमबार कारोबार खुलेदेखि नै बजार बढेको हो । दिनभर कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.७३ प्रतिशत बढ्यो । नेपालमा पर्यटकको संख्या बढेकाले होटलहरुको वित्तीय विवरण राम्रो आउने आशमा लगानीकर्ता यस क्षेत्रमा आकर्षित देखिएका छन् । होटलमा पनि सोल्टीको मूल्य ५.८ प्रतिशत बढ्यो भने सिटी होटलको ५.६, ओरियन्टल होटलको ३.८८ प्रतिशत मूल्य बढ्यो ।

होटलका अलवा अरु सबै क्षेत्रका उपसमूह बढेका छन् । बैंकिङ ६, विकास बैंक ४२, फाइनान्स १३, होटल तथा पर्यटन १८१, जलविद्युत् २५, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ६६, लघुवित्त ९, निर्जीवन बीमा २२१, अन्य २६ र ब्यापार उपसमूह ६९ अंक बढे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।