जाजरकोट भुकम्प पीडितलाई एनवाईईएफ पोखराको दुईलाख राहत


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८० मा प्रकाशित




पोखरा, कात्तिक २१

नेपाली युवा उद्यमी मञ्च पोखराले जाजरकोट भुकम्प पीडितका लागि नगद दुई लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । एनवाईईएफ पोखराले जाजरकोट भुकम्पबाट क्षेती पुगेको जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भुकम्प पीडितहरुलाई तत्कालका लागि राहत स्वरुप नगद दुई लाख रुपैयाँ सरकारमार्फत वितरण हुनेगरी प्रदान गरेको हो ।

एनवाईईएफ पोखराले सो राहत नेपाल सरकारको एक द्वार नीति अन्तर्गत खर्च हुनेगरी भुकम्प पीडित राहत कोषमा जम्मा हुनेगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चेक हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाको उपस्थितिमा एनवाईईएफ पोखराका अध्यक्ष निरन केसीले मुख्यमन्त्री पाण्डेलाई चेक हस्तान्तरण गरेका हुन् ।

एनवाईईएफ पोखराका अध्यक्ष केसीले राहत सहयोगको लागि अप्नाइएको एकद्वार प्रणाली प्रशंसा योग्य भएकाले सो अनुसार प्रभावकारी रुपमा राहत उपलब्ध हुने अपेक्षा व्यक्त गरे । उनले आगामी दिनमापनि एनवाईईएफले सरकारसँग हातेमालो गरिरहने प्रतिबद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।