पोखरा, कात्तिक २१
गण्डकी प्रदेशका कांग्रेस सांसदहरुले जाजरकोट भुकम्प पीडितहरुलाई १५ दिनको तलब उपलब्ध गराउने भएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको मंगलबार बैठकले प्रदेशका सबै सांसदहरुको १५ दिनको तलब जाजरकोट भुकम्प पीडितलाई प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसका लागि नेपाली कांग्रेस, केन्द्रीय राहत कोषमार्फत नेपाल सरकारको भुकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको बैठकपछि नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
कांग्रेस संसदीय दलले भुकम्पबाट भएको जनधनको क्षेतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बैठकपछि संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भूकम्पमा परि मृत्युवरण गर्नुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ कांग्रेसले भूकम्प प्रभावितहरुलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोधपनि गरेको छ ।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना सदस्य छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







