नेपालीको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन भाईटीका आज मनाईदैछ । आजको दिन दिदी बहिनीले आफ्ना दाजभाईलाई भाईटीका लगाईदिने चलन रहेको छ । दिदीबहिनीले दाजुभाईको सुस्वास्थ्य, ऐश्वर्य, र दीर्घायुको कामना गर्दै टीका भाईटीका लगाउने चलन रहेको हो । दाजुभाईलेपनि दिदीबहिनीलाई गच्छे अनुसार उपहार दिने गर्दछन् ।
भाईटीकाको मुख्य साईत भने बुधबार विहान १०ः५१ बजे रहेको छ । मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको हो ।
राज्य संचालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







