पोखरा, मंसिर २
कास्कीका जुमकाजी विक ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका छन् । छिमेकीलाई गत कात्तिक २७ गते धारिलो हतियार (आँसी) प्रहार गरेर घाइते बनाएको आरोपमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ निवासी विकलाई कास्की प्रहरीले पक्राउ गरेको हो । विकले छिमेकी श्रीराम देवकोटालाई आँसी प्रहार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । विकले देवकोटाको घरमै गएर हत्या गर्ने प्रयास गरेको प्रहरीको भनाई छ ।
घाईते देवकोटालाई प्रहरीले उद्धार गरेर उपचारका लागि आफन्तको सहयोगमा पोखराको मेट्रोसिटी अस्पतालमा भर्ना गरेको जनाइएको छ ।
आरोपित विकलाई भने प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला
अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी प्रवक्ता विकले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज…







