विद्यार्थी बोकेको बस इलाममा दुर्घटना, ३७ जना घाइते


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०८० मा प्रकाशित




मंसिर ३ इलाम । इलाममा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।

धनुषाको धारापानीबाट इलाम घुम्न गएको विद्यार्थीको टोली बोकेको ना ६ ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिकाको किटेनीमा दुर्घटना भएको हो । कन्यामबाट धनुषा फर्कने क्रममा मेची राजमार्गमा पर्ने इलामको किटेनीस्थित लसुनेमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३७ जनाकै उद्धार गरी नजिकका अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) वासुदेव खतिवडाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।