पोखरा, मंसिर ४
नेपाल औषधी व्यवासायी संघ कास्कीको वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी सन्तोष पराजुलीले उम्मेदवारी दिएका छन् । संघको यहि मंसिर ८ र ९ गते पोखरामा हुन गइरहेको अधिवेशनमा पराजुलीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
उम्मेदवार पराजुली युवा व्यवसायी हुन् भने उनी औषधी व्यवसायीमाझ लोकप्रिय छन् । असल, सरल र सहयोगी व्यवसायीका रुपमा परिचय बनाएका पराजुलीले फिस्टेल फार्मेसी प्रा.लि सञ्चालन गर्दै आएका छन् । उनले फिस्टेलबाहेक पुकार मेडिसेल्स, समीक्षा मेडिसेल्स, माई सर्जिकेम, सहारा फार्मेसी, तालवाराही फार्मेसी र सफलता फार्मेसीलगायत सञ्चालन गरेका छन् ।
उम्मेदवार पराजुलीले आफूले चुनाव जितेको खण्डमा औषधि व्यवसायमा देखिएका समस्या समाधान गर्ने ततथा व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्,‘आम औषधी व्यवसायलाई मेरो अनुरोध छ, हाल बजारमा देखिएका विविध समस्याहरुको समाधानका लागि मेरो उम्मेदवारी घोषण गरेको हुँ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







