पोखरा । गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ सम्पन्न भएको छ ।

नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय, गण्डकी प्रदेश तेक्वान्दो संघ (आईटीएफ़) को आयोजना तथा ढोरपाटन नगरपालिकाको सहयोगमा उक्त सेमिनार आयोजना गरिएको हो।

सेमिनारमा मार्सल आर्टस्का पवर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पेसियल टेक्निनिक विभिन्न विद्याहरुमा सहजीकरण गरिएको नेपाल आईटिएफ तेक्वान्दो संघका उपमहासचिव घम थापाले जानकारी दिए ।

उनका अनुसार सेमिनारले नेपालकै एक मात्रै आरक्ष केन्द्र ढोरपाटनको प्रवद्धन र खेलाडीहरुमा विभिन्न प्राविधिक ज्ञान हासिल हुने छ ।

विभिन्न जिल्ला र प्रदेशबाट करिब ४०० खेलाडीको सहभागिता रहेको नेपाल आईटिएफ टेक्वान्दो महासंघका केन्द्रिय सदस्य तथा रेफ्रि सह–संयोजक आकाशचन्द्र घर्तीमगरले जनकारी दिए ।

कार्यक्रमको शुक्रबार संघिय सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले उद्घाटन गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







