पोखरा
पोखरामा जुवा खेलिरहेका १६ जना नगद ५ लाख भन्दा बढी रकमसहित पक्राउ परेका छन् । मंगलबार दिउँसो साढे १ बजेको समयमा पोखरा महानगरपालिका २१ निर्मल पोखरीमा राम के।सी र सन्तोष गुरुङले संचानलन गर्दै आएको ईलाईट रिसोर्टमा कौडा खेलिरहेका उनीहरुलाई नगद ५ लाख ५ हजार ६५ रुपैयाँसहित पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ पर्नेमा पोखरा ३३ भरतपोखरीका ३८ वर्षिय सन्तोष गुरुङ, सोही ठाउँका ४६ वर्षिय राम केसी, पोखरा ६ का ३६ वर्षिय सञ्जीव अधिकारी, ४० वर्षिय राम ढकाल, ६४ वर्षिय बिरबहादुर लामिछाने र ४० वर्षिय मोहनबहादुर गुरुङ रहेका छन् । यस्तै पोखरा १७ बिरौटाका ४० वर्षिय प्रकाश पोख्रेल, ४६ वर्षिय कृष्णप्रसाद भण्डारी, ३० वर्षिय कुमार भण्डरी, ३८ वर्षिय गौतम गुरुङ रहेका छन् ।
यस्तै पोखरा २१ कृष्तीका ४८ वर्षिय होमबहादुर रानाभाट, ४० वर्षिय टंकबहादुर कार्की, २३ वर्षिय अनिष श्रेष्ठ, पोखरा १० अम्मरसिंहका ६३ वर्षिय मिनबहादुर बरुवाल, पोखरा ३३ गैरागाउँका ३३ वर्षिय रामचन्द्र आचार्य र पोखरा १७ बिरौटाका ४० वर्षिय जिवन शाही रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी विकले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







