विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०८० मा प्रकाशित




गुगल फोटो

मंसिर १५ काठमाण्डौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ ।

नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् । जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र अमेरिका छन् ।

लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ । यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।