मंसिर १५ काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ । भोलिदेखि नै उक्त प्रक्रिया सुरु हुनेछ ।
प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ ।
प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो । निगमको मुख्य आम्दानीको स्रोत रहेको ग्राउण्ड ह्याण्डलिङ सेवा बन्द भएमा निगम थप आर्थिक रुपमा कमजोर हुने जनाइएको छ ।
“मापदण्ड पुगेका एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको प्रतिस्पर्धामा भाग लिन पाउनेगरी निर्णय भएको छ, यसले नयाँ एयरलाइन्सले पनि अवसर पाउछन्न”, प्रवक्ता निरौलाले भने । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







