पोखरा, मंसिर १६
नेकपा एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्कीको अध्यक्षमा जनकराज सिग्देल चयन भएका छन् । जिफन्ट कास्कीको अधिवेशनले सिग्देलको अध्यक्षतामा १० सदस्यीय कास्की जिल्ला समन्वय कमिटी गठन गरेको हो ।
कमिटीको सचिवमा दीपक थापा मगर रहेका छन् भने सदस्यहरुमा गोमा कार्की, सूर्यप्रसाद उपाध्याय, बालकृष्ण पोख्रेल, रामेश्वर पौडेल, बबरसिंह दुलाल, नित्यानन्द लामिछाने, सीता भट्टराई र जिना मगर चयन भएको जिफन्टका नेता रुद्र खत्रीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







