मंसिर २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले शुक्रबार मध्यरातदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।
मूल्य घटेसँगै अब पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्ने भएको छ ।
गत मंसिर २९ गते इण्डियन आयल कर्पोरेसनले इन्धनको नयाँ मूल्य पठाएसँगै निगमले समायोजन गरेको हो । आइओसीबाट नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







