मौलिक कला जोगाउनुपर्नेमा संस्कृतिमन्त्री किरातीको जोड


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०८० मा प्रकाशित




मंसिर २९ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको मौलिक कला संस्कृतिलाई जोगाउन सकेमा मात्र देशलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५आँै प्राज्ञसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री किरातीले नेपालका विभिन्न भेगमा छरिएर रहेका मौलिक कला तथा सम्पदा जोगाउन सकेमा पर्यटन क्षेत्रको विकास अझ सहज हुने बताए । उनले भने, “कला, संस्कृतिको उत्थानका लागि प्राज्ञिक क्षेत्रको विशेष योगदानको अपेक्षा सरकारले गरेको छ ।”

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान अनुसन्धान, सृजना र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै सृजनात्मक गधिविधि विस्तारमा प्रतिष्ठानले हरसम्भव प्रयास गरिरहेको जानकारी दिए ।

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले २०६४ को ऐनबाट सञ्चालित तीनवटै प्रतिस्थानले काम गरिरहेको तर २०७२ को संविधानपछि प्राज्ञिक काम र तिनका अधिकार प्रदेशमा पनि प्रत्यायोजन गरिएको बताए ।

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले कला, संस्कृति सङ्गीत तथा नाट्य क्षेत्रको विकासमा प्रतिष्ठानहरु लाग्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रियसँगै अन्तरराष्ट्रिय कलासम्मेलन आयोजना गर्न सुझाव दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।