बैदाम प्रहरीद्वारा १९ लाख ९० हजारको चेकसहित महत्वपूर्ण कागजात बरामद


     एभरेस्ट आवाज    
     पौष २ गते २०८० मा प्रकाशित




पोखरा, पुस २

प्रहरीले करीब २० लाख बराबरको चेकसहित महत्वपूर्ण कागजात बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको मोटरसाइकल गस्ती प्रहरी टोलीले पोखरा–५ मालेपाटनमा १९ लाख ९० हजारको विभिन्न चेकसहित महत्वपूर्ण कागजात भेट्टाएको हो ।

गस्तीका क्रममा मालेपाटन सडकखण्डको झाडीमा सेतो प्लाष्टिकको झोला भेटिएपछि खोलेर हेर्दा पोखरा–२५ हेमजाका ३८ वर्षिय भेषबहादुर विकको नाममा ग्रीन डेभलपमेन्ट बैंकको ९ लाख चालीस हजारको चेक, मुक्तिनाथ विकास बैंकको १० लाख चालीस हजारकै अर्को चेक र नेपाल ईन्भेष्टमेन्ट बैंकको १० हजारको अर्को एक थान चेक गरेर १९ लाख ९० हजारको चेक फेला परेको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार झोलामा विकको नागरिकता, सवारी साधनको बिलबुक र लाईसेन्स, एटिएम कार्डलगायतका महत्वपूर्ण कागजात थियो ।

भेटिएको चेक तथा सम्पूर्ण कागजात आवश्यक अनुसन्धान पश्चात बुझाइएको ईञ्चार्ज श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।