राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त


     एभरेस्ट आवाज    
     पौष ४ गते २०८० मा प्रकाशित




फाइल तस्विर

पुस ४ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् ।

सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल हुन् । नवनियुक्त न्यायाधीहरूमध्ये सुवेदी, मुलसमान, शर्मा र ढुङ्गाना उच्च अदालतमा कार्यरत थिए, भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता थिए । यसअघि आजै संसदीय सुनुवाइ समितिले उहाँहरुको नाम अनुमोदन गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।