रास्वपा सभापती रबि लामाछिानेमाथि पोखरामा मकैको खोईलाले प्रहार


     एभरेस्ट आवाज    
     पौष ७ गते २०८० मा प्रकाशित




पोखरा, पुस ७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रबि लामिछानेमाथि पोखरामा मकैको खोईलाले प्रहार भएको छ । पोखराको अमरसिंहचौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापती लामिछानेमाथि ताकेर मकैको खोईला प्रहार भएको हो । लमजुङ्गका सन्तोष रानाभाटले भाषण गरिरहेका लामिछानेलाई ताकेर प्रहार गरेको बताइएको छ । रानाभाट कार चालक भएको बुझिएको छ ।

ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । अनुसन्धानका क्रममा रानाभाटले आफूले रबिलाई ताकेर प्रहार नगरेको प्रारम्भिक बयान दिएको प्रहरी निरीक्षक बिनोद श्रेष्ठले जानकारी दिए ।

लामिछानेलाई कसले प्रहार गरेको हो भन्नेबारेमा केहिपनि खुलेको छैन । आफूमाथि प्रहार गरेकोबारे स्वयम् लामिछाने आफैलेपनि पुष्टि गरेका छन् । उनले कार्यक्रममा बोल्ने क्रममा ढुंगा प्रहार गर्नेलाई राम्रो काम गरेर आफूप्रति सकारात्मक बनाउने बताए । ‘ढुंगाले स्वागत गर्नेलाई म काममार्फत जवाफ दिएर आफूप्रति सकारात्मक बनाउँछ’(उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।