नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज भने १३ सय रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख २० हजार ८ सय र अस्ति मङ्गलवारको भाउ तोलाको १ लाख २१ हजार रुपैयाँ थियो ।
यसैगरि,आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २…





