नेपाल क्रिकेट सङ्घद्धारा यस वर्षको वार्षिक खेलतालिका सार्वजनिक


     एभरेस्ट आवाज    
     पौष १९ गते २०८० मा प्रकाशित




काठमाडौँ । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ । क्यानले आज यहाँ पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो ।

नेपालले आइसिसी विश्वकप लिग दुई, टि–२० सिरिज, एकदिवसीयलगायतका सिरिजलाई खेलतालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिकोणात्मक टि–२० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ ।

उक्त खेल नेपालमै हुनेछ । त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टि–२० खेल खेल्ने छ ।

यसैगरी क्यानले आफ्नो खेलतालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेलतालिकामा समावेश गरिने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।