अध्यक्ष ओली र भारतका विदेशमन्त्रीबीच भेट


     एभरेस्ट आवाज    
     पौष १९ गते २०८० मा प्रकाशित




पुस १९ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशङ्रबीच शिष्टाचार भेट भएको छ ।

त्यस अवसरमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध गरे । “भारत नेपालको मित्र भएकाले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ,” अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले भने । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।