पोखरा, पुस २१
तनहुँको सुक्लागण्डकीमा कफी खेतीको सम्भावनाको खोजी भएको छ । कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको आयोजना तथा सुक्लागण्डकी नगरपालिकाको सहयोगमा सुक्लागण्डकीमा कफी खेतीको सम्भावनाको खोजी गरिएको हो ।
नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम अन्तरगत ‘सुक्लागण्डकीमा कफी खेतीको सम्भावना र चुनौति’ विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले सुक्लागण्डकीमा कफी खेतीको सम्भावना रहेको बताए । कार्यक्रममा बोल्दै सुक्लागण्डकी नगरपालिकाका उप प्रमुख खुमबहादुर बिक (राजु)ले सुक्लागण्डकीमा कफी खेतीको सम्भावना रहेको तर चुनौतिलाईपनि सामना गर्नसक्ने जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए । उनले बिदेशीएका युवाहरुलाई नेपालमा नै रोजगारीको सम्भावना छ भन्ने देखाउन र सीपमुलक तालिम लिएर काम गर्न चाहनेलाई नगरपालिकाले सहयोग गर्ने जानकारी दिनु कार्यक्रमको उद्देश्य रहेको स्पष्ट पारे ।
नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रामचन्द्र लाम्गादेले युवा जति खाडीमा जमिन जति झाडीको रुपमा रहने अबस्थाको अन्त्य गर्न कार्यक्रम गरिएको बताए ।
सो नगरपालिकाका वडा न ७ का अध्यक्ष खड्कसिङ गुरुङले नगरपालिकाले कृषिको क्षेत्रमा काम गर्ने संस्थालाई प्रोत्साहन गर्नुपर्ने बताए ।
सहकारीका अध्यक्ष मनराज गुरुङको अध्यक्षता भएको कार्यक्रममा सुक्ला गण्डकी १२ का अध्यक्ष इन्द्र गुरुङ, वडा नम्बर २ का अध्यक्ष सुमन राना, १० का अध्यक्ष राजेन्द्र क्षेत्रीलगायतलेपनि बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







