पुस २३ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन् ।
दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको उल्लेख गरेको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







