दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइतेको प्रभावकारी उपचारका लागि प्रधानमन्त्रीको निर्देशन


     एभरेस्ट आवाज    
     पौष २८ गते २०८० मा प्रकाशित




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएका छन ।

प्रधानमन्त्री दाहालले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो । सो दुर्घटनामा परी १२ यात्रुको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।