पोखराको ढुंगेसाँघुमा आज मेला लागिरहेको छ । धार्मिक तथा ऐतिहासिक ढुंगेसाँघु मेलामा विहानैदेखि दर्शक खचाखच छन् । पोखरा–१७, महतगौँडा सितापाइलास्थित ढुंगेसाँघु मेलामा भक्तजन तथा मेला हेर्नेको घुईंचो लागेको हो ।
मेलामा पोखरा बजार लगायत आसपासका क्षेत्रबाट समेत भक्तजन मेला हेर्न पुग्ने गर्दछन् । मेलामा कुटो, कोदालो, हसिया, नाम्लो, डोरी, दाम्लो लगायतका घरेलु सामानकोे किनमेल हुने गर्दछ।
दिनभर खेलकुदलगायत भजन कीर्तनको साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम हुँदैछन् । कास्की, स्याङजा, पर्वत, वागलुङ, तनहुँ लगायतका क्षेत्रबाट हजारौंको संख्यामा भक्तजन माघे संक्रान्तिको यो मेलामा सहभागि हुन आउँछन् । मेलाका लागि विहान सबेरैदेखी ढुंगेसाँघु जानेको ताँती लाग्यो।
मेलामा परम्परागत रुपमा तरुल, लत्ता कपडा तथा फेन्सी सामानहरुको बजार समेत लागेको छ। मेलाको अवसरमा स्थानीय क्लव तथा संघसंस्थाहरुको सहकार्यमा प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम भइरहेका छन् ।
मेलाको प्रमुख आकर्षण भनेको पोखराको मध्य भागबाट बगेको सेती नदीमाथि बनेको ढुंगाको प्राकृतिक साँघु हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







