पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सव जारी छ । महोत्सवको सातौं दिन आज चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार र गायिका मेलिना राईको प्रस्तुती रहनेछ । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ मेलिना राइको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दीनेश सुनारले जानकारी दिए ।
शान्ति श्री संगै दिउँसो लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुती रहने छ ।
महोत्सवको छैठौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रहेको छ । त्यसैगरी कारोबार पनि वढ्दै गइरहेको आयोजकले जनाएको छ ।
महोत्सवमा हिमाली याक अवलोकन, घोड सवार, विभिन्न जातजातिको भेषभूषाको पहिरनमा तस्विर खिचाउने, भिआर नाइन डी, नेपाल टेलिकमको निशुल्क सिम वितरण, कृषि, लत्ताकपडा, घरायसी सामाग्री किन्ने दर्शकको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







