नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीमा पौडेल


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८० मा प्रकाशित




माघ ६ पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको अध्यक्षमा रोमहर्षण पौडेल (कास्की) निर्वाचित भएका छन् ।

संगठन गण्डकीको शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट पौडेलले अध्यक्षका अर्का प्रत्यासी हरिबहादुर लामिछाने (पर्वत)लाई २८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । कास्कीका पौडेलले १५८ मत प्राप्त गर्दा लामिछानेले १३० मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा बलराम रानाभाट (नवलपुर)ले निर्वाचित भए । उनले प्रत्यासी चिरञ्जीवी अधिकारी (तनहुँ)लाई ११ मतान्तरले पराजित गरे । रानाभाटले १४९ मत प्राप्त गर्दा अधिकारीको पक्षमा १३८ मत खसेको थियो ।

महासचिवमा ध्रूव सिग्देल (तनहुँ) १४४ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राजेन्द्रराज पौडेल (स्याङ्जा) एक मतान्तरले पराजित भए । उनको पक्षमा १४३ मत खसेको थियो ।

गत पुस २७ गतेदेखि पोखरामा शुरु भएको संगठनको पहिलो प्रदेश अधिवेशन शुरु भएको थियो । सहमतीमै नेतृत्व चयनको प्रयास सफल नभएपछि निर्वाचनमार्फत नयाँ नेतृत्वको छिनोफानो भएको हो ।

अध्यक्ष, पदाधिकारी र सदस्यसहित ३७ सदस्यीय समिति रहेन संगठनको अन्य पदमा भने यसअघिनै सहमतिमार्फत पदाधिकारी चयन भइसकेका छन् ।

अधिवेशनबाट संगठनमा कास्कीबाट कोषाध्यक्षमा बोधराज पौडेल, केन्द्रिय प्रतिनिधिमा सकुन्तला आचार्य र प्रदेश समिति सदस्यमा उमनाथ गौतम सर्वसम्मत चयन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।