अवैध रुपमा बालुवा ओसारपसारमा संलग्न टिपर कास्की प्रहरीको नियन्त्रणमा


     एभरेस्ट आवाज    
     असार ३१ गते २०८३ मा प्रकाशित




अवैध रुपमा बालुवा उत्खनन गरी ओसारपसार गर्ने सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरा २५ हेम्जास्थित सेती नदी किनारमा अवैध रुपमा बालुवा उत्खनन गरी सवारी साधनमा भर्दै गरेको अवस्थामा ३ वटा टिपरलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले पोखरा १९ लामाचौर बस्ने सुजन गुरुङले चलाएको ग १ क ४४७२, सिम्पानी बस्ने विकास घर्तीले चलाएको ग ७६ र याम्दी बस्ने राजु मगरले चलाएको ग १२४ नं.का टिपरलाई गएराती नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले जानकारी दिए । अवैध रुपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

नियन्त्रणमा लिईएका टिपरलाई आवश्यक कारवार्हीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको थियो । सो टिपरलाई महानगरले जनही १५ हजार जरिवाना गराई छाडेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।