पोखरा, असार ३२
पोखरामा अवैध भरुवा बन्दुक राख्ने २ जना पक्राउ परेका छन् । अवैध भरुवा बन्दुक लुकाईछिपाई राखेको आरोपमा कास्की प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं.–१४ मझेरीपाटनका ३० वर्षिय साजन बि.क र सञ्जय नेपाली रहेका छन् ।
अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचना आएपछि वडा प्रहरी कार्यालय रामबजारबाट गएको प्रहरी टोलीले खानतलासी गर्दा भरुवा बन्दुक भेटिएपछि विक र नेपालीलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट एक थान भरुवा बन्दुक (नाल) र एक थान फलामको धारिलो हतियार बरामद गरिएको उनले बताए ।
अवैध रुपमा भरुवा बन्दुक राखेको खबर पाएपछि बैदाम प्रहरी चौकीबाट एउटा टोली पठाएका थियौं,उनले भने,‘नभन्दै साजन विकको घर खानतलासी गर्दा भरुवा बन्दुक र एक थान धारिलो हतियार फेला प¥यो ।’ फेला परेको हतियारबारे अनुसन्धान गर्दा सञ्जय नेपालीको राख्न दिएको भन्ने खुलेपछि दुबैलाई पक्राउ गरिएको उनको प्रष्टिकरण छ ।
बरामद भरुवा बन्दुक अवैध रुपमा राखेको पाइएको डिएसपी पासवानले जानकारी दिए । अनुसन्धान गर्दा सो हतियारको ईजाजत नभएको खुल्यो,उनले भने,‘प्रारम्भिक बयानमा सो कुरा उनीहरुले स्वीकारिसकेका छन् ।’ तर के प्रयोजनका लागि राखेका हुन् भन्नेबारे भने खुलिनसकेको उनले बताए । प्रारम्भिक अनुसन्धानमा त्यत्तिकै राखेका हौं भन्छन्,उनले भने,‘त्यत्तिकै राख्ने कुरा त होईन यो, कि त चराचुरुङ्गी वा जंगली जनावर मार्ने उद्धेश्यले राखेका हुन् वा त व्यक्ति हत्या गर्ने उद्धेश्य हुनसक्छ, यसबारे हामी अनुसन्धानमै छौं ।’
पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ३२ पोखरामा अवैध भरुवा बन्दुक राख्ने २ जना पक्राउ परेका…





