माघ ९ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा थ्रि स्टार क्लवले जित्ने अनुमान गरेका पोखरा–२३ का लालबहादुर गुरुङ विजयी भएका छन् ।
सहारा क्लव पोखराले सञ्चालन गरेको २३ औं संस्करणको “आहा रारा पोखरा गोल्डकपमा” आयोजक सहारा क्लव र थ्रि स्टार क्लवविचको खेलमा थ्रि स्टार क्लवले जित्ने अनुमान गरेका विजेता गुरुङलाई बुधबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोलकुमार श्रेष्ठले जानकारी दिए ।
मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले प्रतियोगितामा सुखद शुरुवात गरेको छ ।
अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत प्रत्येक सांझ ७ : ३० बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा विजेता घोषणा गरि सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि. को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने रेडियोले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







