ढोरपाटन नगरपालिका भित्रका शिक्षकहरुलाई डिजिटल साक्षरता अभिवृद्धि तालिम


     एभरेस्ट आवाज    
     माघ १० गते २०८० मा प्रकाशित




पोखरा । ढोरपाटन नगरपालिका भित्रका शिक्षकहरुलाई डिजिटल साक्षरता अभिवृद्धि सम्बन्धि तिन दिने तालिम प्रदान गरिएको छ । कर्मफ्लाइट्स फाउण्डेशन नेपाल र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा उक्त तालिम बुर्तिवाङ स्थित उत्तरगङ्गा माध्यमिक विद्यालयमा प्रदान गरिएको हो ।

तालिमका अवसरमा कर्माफ्लाइट्स फाउण्डेशन नेपालका आईसीटी ट्रेनर सुवास पौडेलले विशेषज्ञ मार्गदर्शनमा सहभागीहरूले सूचना तथा सञ्चार प्रविधिका विविध पक्षबारे प्रशिक्षण दिएका थिए । तालिममा नगरभित्रका विभिन्न २३ विद्यालयका शिक्षकहरुको उपस्थिती रहको थियो ।

ढोरपाटन–१ का वडा अध्यक्ष मानबहादुर छन्त्यालको प्रमूख आतिथ्यता तथा उत्तरगङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा औपचारिक रुपमा हिजो समापन गरिएको कार्यक्रममा तालिममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

सोही अवसरमा ढोरपाटन–१ का वडा अध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथि छन्त्यालले यस खालका तालिमले शिक्षण शिकाईमा महत्वपुर्ण टेवा पुग्ने भन्दै पुनः यसप्रकारका कार्यक्रमलई निरन्तरता दिन कर्मफ्लाइट्स नेपालाई आग्रह गरे ।

कर्माफ्लाइट्स फाउण्डेशन नेपालका बागलुङ संयोजक झमबहादुर कुँवरले आगामि दिनमा शिक्षकको आवश्यकता अनुसार नगरपालिकासँग समन्वय गरेर तालिम संचालन गरिने प्रतिवद्धता व्यक्त गरे।

‘ढोरपाटन नगरपालिका र कर्माफ्लाइट्स फाउन्डेसन नेपालबीचको सहकार्यात्मक प्रयासले शिक्षामा प्रविधिको महत्वलाई मात्र जोड दिएको छैन, स्थानीय शिक्षकहरूको सीप विकास गर्ने साझा प्रतिबद्धता पनि देखाएको छ’,फाउन्डेसनका आईसीटी प्रशिक्षक पौड्यालले भने ।

उनका अनुसार तालिमबाट ढोरपाटन नगरपालिकामा अझ बढी डिजिटल समावेशी शिक्षा प्रणालीको जग बसाल्ने र प्राविधिक रूपमा सशक्त शिक्षण शक्तिको विकास गर्न समुदायमा आधारित पहलहरूको सकारात्मक प्रभावलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।