तीन दिनको अवधिमा ७ वटा विद्यालय बस कारबाहीमा


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०८३ मा प्रकाशित




पोखरामा ट्राफिक नियम उल्लङ्घन गरेका सातवटा विद्यालय बसलाई कारबाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले पछिल्लो तीन दिनमा ट्राफिक नियम विपरित संचालन भएका सातवटा बसलाई कारबाही गरेको जनाईएको छ। टोलीले पोखरासहित विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुने विद्यालय बसको अवस्था जाँच गरेको थियो । सो क्रममा ट्राफिक नियम उल्लङ्घन गरि संचालन गरेको पाइएको कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले जानकारी दिए ।ट्राफिक कार्यालय कास्कीका अनुसार बुधवार साँझसम्म ३८ वटा विद्यालय बसलाई चेकजाँच गरिएको थियो । प्रहरीले विद्यालय बसको यान्त्रिक अवस्था, सिट क्षमताभन्दा बढी विद्यार्थी राखे नराखेको, चालकले मादक पदार्थ सेवन गरे नगरेको, आवश्यक कागजात साथमा लिए नलिएको जाँच गरेको थियो ।कागजपत्र ठिक भएका ३३ वटा सवारीसाधनलाई भने सम्झाई बुझाई गरी पठाइएको कार्यालयले उल्लेख गरेको छ ।

यसैगरी, प्रहरीले पछिल्लो दिनमा सवारी सचेतना कार्यक्रमलाई पनि तीब्रता दिएको छ ।विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सवारीसाधन जाँच र चालकलाई सचेतना दिन अभियान नै संचालन गरेको एसपी कार्कीले जानकारी दिए । विगत ३ दिनमा ८२ जना सवारी चालकलाई सवारी दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सावधानीबारे सचेतना प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।