पोखरा, माघ ११
राष्ट्रिय सभाका लागि ३ सदस्य चयन गर्न गण्डकीमा निर्वाचन भइरहेको छ । राष्ट्रिय सभाका लागि गण्डकीमा रिक्त ३ सदस्य चयन गर्न अहिले मतदान भइरहेको हो । गण्डकी प्रदेश निर्वाचन कार्यालयमा पूर्वाह्न ९ बजेबाट शुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ । हालसम्म करीब ९० प्रतिशत मतदान भइसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
गण्डकीमा ६० जना प्रदेश सभा सदस्य तथा गण्डकी प्रदेशका ८५ स्थानिय तहका प्रमुख र उपप्रमुख गरी १७० जनासहित कुल २३० जना मतदाता रहेका छन् । जसमध्ये पूर्वाह्न ११ः३० बजेसम्ममा ४८ जना प्रदेश सभा सदस्य तथा स्थानिय तहका १७० जना मध्ये १५२ जनाले मतदान गरिसकेको कार्यालयले जनाएको छ ।
गण्डकीमा ३ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । गाण्डकीमा अन्यतर्फ १, अपाङ्गता तथा अल्पसंख्यकतर्फ १ र महिलातर्फ १ सदस्यका लागि निर्वाचन भइरहेको हो । अपाङ्गता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदमलाल परियार (तनहुँ) र महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्मा (पर्वत) उम्मेदवार छन् ।
नेकपा एमालेबाट अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता तथा अल्पसंख्यकतर्फ हेमेन्द्र शेरचन (मुस्ताङ) र महिलातर्फ एमालेबाट सम्झना देवकोटा (गोरखा) उम्मेदवार छन् ।
त्यस्तै, राप्रपाबाट अन्यतर्फ रोमबहादुर भण्डारी (कास्की) र महिलातर्फ गौमाया श्रेष्ठ (तनहुँ) उम्मेदवार छन् ।
गण्डकीमा सत्ता गठबन्धनको पल्लाभारी छ । गण्डकीमा कुल ६ हजार ४ सय १० मतभार रहेकोमा सत्ता गठबन्धनसँग ३ हजार ८ सय २७ मतभार छ भने एमालेसँग २ हजार ४ सय ३९ र राप्रपासँग १०६ मतभार छ ।
गण्डकीमा ६० प्रदेश सभा सदस्य, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ रहेकाले गण्डकीमा ३ हजार १ सय ८०, स्थानिय तहको प्रमुख र उपप्रमुखको समान १९÷१९ मतभार रहेकाले ३ हजार २ सय ३० मतभार छ ।
कांग्रेसको २ हजार ७ सय ४, नेकपा माओवादी केन्द्रको ९ सय ९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ मतभार भएकाले सबै जोड्दा सत्ता गठबन्धनसँग पुग्छ । जुन जित्नका लागि आवश्यक मतभार भन्दा धेरै हो ।
नेकपा एमालेको २ मतभार छ । राप्रपाको भने दुई जना प्रदेश सभा सदस्य मात्र भएकाले केवल १ सय ६ मतभार छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





