पोखराको सिल्भर प्लेट पार्टी प्यालेसमा चाँदीको थालमा खाना, थप मूल्य तिर्नु नपर्ने


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित




पोखरा, माघ ११

पोखराको सिल्भर प्लेट पार्टी प्यालेसले चाँदीको थालमा खाना खुवाउने भएको छ । पोखरा–९ बास्तोलाथरमा हालैमात्र सञ्चालनमा आएको सिल्भर प्लेट पार्टी प्यालेसले आफ्ना ग्राहकहरुलाई चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने व्यवस्था गर्ने भएको हो । पोखराको व्यस्त चोक महेन्द्रपुलबाट थोरै तलपट्टी सामसुङ गल्लीको पूर्व पट्टी बास्तोलाथरमा ७ रोपनी क्षेत्रफलमा ४ करोड खर्चिएर गण्डकी प्रदेशका पूर्व प्रदेश सभा सदस्य दीपा रोका र पोखराका युवा व्यवसायी विकास श्रेष्ठले संयुक्त रुपमा सञ्चालनमा आएको सिल्भर प्लेटले शुभ कार्य गर्दा चोखो खाना खुवाउने परम्परालाई संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यसहित चाँदीको थालमा चाँदीकै चम्चाले खाना खुवाउने व्यवस्था गर्न लागेको सञ्चाालिका दीपा रोकाले जानकारी दिईन् । उनका अनुसार चाँदीको थालमा खाना खुवाउँदा आयोजकले थप रकम तिर्नु पर्दैन ।

भोजमा आएका आयोजकका नजिकका आफन्तलाई चाँदीको थालमा खाना खुवाईने उनको भनाई छ । चाँदीको थालमा खाना खानेका लागि भोजनालय नै छुट्टै छ । उक्त भोजनालयलाई विशेष किसिमले फुल र बत्तीले सजाएर आकर्षक बनाइएको छ । ‘जहाँ विवाह भोज हुँदा बेहुला, बेहुली, बेहुलाका बुबा, मामा, दाजुभाई, दिदीबहिनीसहितका नजिकका आफन्तलाई खाना खुवाउँछौं’–सञ्चालिका थापाले भनिन् । ब्रतबन्ध तथा पास्नीको भोज भएमा सोहि अनुसार आफन्त तथा ईष्टमित्रलाई चाँदीको थालमा भोजन गराईने उनले बताईन् ।

सिल्भर प्लेट पार्टी प्यालेस एक हजार क्षमताको रहेको सञ्चालिका रोकाले बताईन् । आफ्नै कम्पाउण्डमा सञ्चालनमा आएको यो पार्टी प्यालेसलाई रंगीविरंगी फुलहरुले सजाइएको छ । जसका कारण विवाह, ब्रतबन्ध वा पास्नीका लागि थप सजावट गर्नुपर्ने आवश्यक्ता पर्दैन । प्यालेसमा फोटो सेसन र सेल्फी खिच्नेका लागि भनेर पानीको झरनासहितको वाल पेन्टिङ गरिएको छ । प्यालेसको उत्तरपट्टी हात्ती र त्यसको छाउराको मूर्ती बनाएर राखिएको छ । जुन फोटो सेसनका लागि भनेर बनाइएको हो ।

प्यालेसको दक्षिणी क्षेत्रमा प्यालेसको आफ्नो छुट्टै पार्किङ छ । जहाँ बस, कार, ट्याक्सी र मोटरसाईकल तथा स्कुटरहरु पार्किङ गर्न सहज छ ।

‘सिल्भर प्लेट, सबैभन्दा बेष्ट’ नारासहित सञ्चालनमा आएको यो पार्टी प्यालेस पोखरेलीको रोजाई बन्ने रोकाको दाबी छ । पोखराको मध्य र व्यस्त चोकको नजिकै छ,उनले भनिन्,‘खुल्ला तथा पर्याप्त क्षेत्र, पार्किङको सुविधापनि भएको यो सबैको रोजाई बन्नेमा हामी विश्वस्त छौं ।’ त्यतिमात्र होईन शुभ कार्यमा चाँदीको थालमा खाना खुवाउनुपर्छ भन्ने परम्परापनि संरक्षण हुनेछ,उनले थपिन्,‘यसले भोज आयोजना गर्नेलाईपनि आफ्नो विवाह, ब्रतबन्ध, बर्थडे अविश्मरणीय हुनेछ ।’

सिल्भर प्लेटमा चाँदीको थालमा खाना खुवाउने मात्र होईन, पोखरामा पहिलो पटक पार्टी प्यालेसमै भोज आयोजना गर्दा कालीज, लोकल कुखुरा र खसीको मासुकोसमेत स्वाद पस्किने थापाको भनाई छ । सञ्चालिका रोकाका अनुसार पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध, पास्नी, बर्थडे, सभा, सेमिनारसहित ईन्डुअर तथा आउटडुअर क्याटरिङ सेवा प्रदान गरिनेछ । ‘आफ्नै च्वाईसमा फूल डेकोरेसनका साथ स्वादिष्ट परिकार हामी दिन्छौं’–उनले भनिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।