प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउदै तीन सय ३५ रन बनायो । मधेसका लागि अनिल साहले शतकीय पारी खेले । उनले एक सय २५ बल खेल्ने क्रममा ६ छक्का र ११ चौकासहित एक सय २७ रन बनाए । यस्तै अर्निको यादवले ३४ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा अविजित ६३ रन बनाए । रुपेश सिंहले ४७, पवन सर्राफले ४०, रुपेश सिंहले ३२, अभिशेख तिवारीले अविजित २७ तथा मयन यादवले २७ रन बनाए ।
बलिङतर्फ गण्डकीका लागि सन्दीप पराजुलीले दुई तथा कृष्ण पौडेल र कमल परियारले एक एक विकेट लिए । अहिले गण्डकीले जवाफी ब्याटिङ गरिरहेको छ । उसले सात ओभरमा ४२ रन बनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







