पोखरा, माघ ११
राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकीमा २२९ मत खसेको छ । गण्डकीमा कुल २३० मत रहेकोमा २२९ मत खसेको हो । गण्डकीबाट ३ सदस्य चयनका लागि पूर्वाह्न ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानका लागि तोकिएको समयसीमामा गण्डकी प्रदेश सभामा रहेका ६० जना नै सदस्यले मत हालेका छन् । त्यस्तै ८५ स्थानिय तहका १७० मतदाता रहेकोमा १६९ मत खसेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । गण्डकीका ८४ स्थानिय तहका प्रमुख र ८५ वटा स्थानिय तहका उपप्रमुखले मत हालेका छन् । आज भएको निर्वाचनमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने मतदान गरेनन् । सहकारी ठगी मुद्धामा पक्राउ पुर्जी जारी भएपछि प्रमुख नेपाली फरार छन् ।
मतदान सकिएकाले अब मत गणनाको तयारी भइरहेको छ ।
गण्डकीमा ३ सदस्यका लागि ८ जना उम्मेदवार छन् । गाण्डकीमा अन्यतर्फ १, अपाङ्गता तथा अल्पसंख्यकतर्फ १ र महिलातर्फ १ सदस्यका लागि निर्वाचन भइरहेको हो । अपाङ्गता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदमलाल परियार (तनहुँ) र महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्मा (पर्वत) उम्मेदवार छन् ।
नेकपा एमालेबाट अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता तथा अल्पसंख्यकतर्फ हेमेन्द्र शेरचन (मुस्ताङ) र महिलातर्फ एमालेबाट सम्झना देवकोटा (गोरखा) उम्मेदवार छन् ।
त्यस्तै, राप्रपाबाट अन्यतर्फ रोमबहादुर भण्डारी (कास्की) र महिलातर्फ गौमाया श्रेष्ठ (तनहुँ) उम्मेदवार छन् ।
गण्डकीमा सत्ता गठबन्धनको पल्लाभारी छ । गण्डकीमा कुल ६ हजार ४ सय १० मतभार रहेकोमा सत्ता गठबन्धनसँग ३ हजार ८ सय २७ मतभार छ भने एमालेसँग २ हजार ४ सय ३९ र राप्रपासँग १०६ मतभार छ ।
गण्डकीमा ६० प्रदेश सभा सदस्य, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ रहेकाले गण्डकीमा ३ हजार १ सय ८०, स्थानिय तहको प्रमुख र उपप्रमुखको समान १९÷१९ मतभार रहेकाले ३ हजार २ सय ३० मतभार छ ।
कांग्रेसको २ हजार ७ सय ४, नेकपा माओवादी केन्द्रको ९ सय ९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ मतभार भएकाले सबै जोड्दा सत्ता गठबन्धनसँग पुग्छ । जुन जित्नका लागि आवश्यक मतभार भन्दा धेरै हो ।
नेकपा एमालेको २ मतभार छ । राप्रपाको भने दुई जना प्रदेश सभा सदस्य मात्र भएकाले केवल १ सय ६ मतभार छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका…





