फाइल तस्विर
माघ १६ काठमाण्डौं । सत्तासाझेदार दलले यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा गरेका छन् । प्रधानमन्त्रीको निवासमा आज साँझ भएको बैठकमा उक्त निर्वाचन र प्राप्त नतिजाबारे छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचन र परिणामको विषयमा समीक्षा भएको जानकारी दिए । “गठबन्धनको बैठकमा कोशी प्रदेशमा सत्ता गठबन्धनले सिट गुमाएको विषयलाई लिएर गम्भीर छलफल भएको छ”, उनले भने ।
बैठकले कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित भएको निष्कर्षसमेत निकालेको छ । कोशी प्रदेशको परिणाम अप्रत्याशित भएकाले त्यसमा गम्भीर छलफल गर्नुपर्ने उनले भने ।
नेता लेखकले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको उम्मेदवार पराजयको विषयले गठबन्धनको समिकरणमा फरक नपर्ने बताए । “गठबन्धनका उम्मेदवार पराजयको विषयप्रति प्रारम्भिक छलफल भएको छ, गठबन्धन एकजुट छ, यसले गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन”, नेता लेखकले भने । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली सङ्घको उडान…





