पोखरा, माघ १९
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्ने कर्मचारी तथा उद्योगी व्यवसायीलाई कारवाही गर्दा वक्तव्यबाजी र आन्दोलन गर्नेगरेकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले अरुण चौधरीलाई पक्राउ गरेलगत्तै उद्योगी व्यवसायीले विरोध गरेकोप्रति लक्षित गर्दै भने,‘गल्ती गर्ने, अपराध गर्ने उद्योगी व्यवसायीलाई कारवाही गर्न थाल्यो भने वक्तव्यबाजी शुरु हुन्छ । दवाब शुरु हुन्छ । उद्योगी व्यवसायीलाई कारवाही हुनु भएन नि ! हामीले कर तिरेका छौं नि ! भन्छन् ।’ उनले उद्योगी व्यवसायीले कर तिरेर ठीक गरेपनि राज्यलाई लुट्न भने नदिइने बताए ।
नीजि क्षेत्रको सहयोग र साथ बिना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ लैजान सकिदैन,उनले अगाडि थपे,‘तर कसैलाईपनि राज्यलाई लुट्ने छुट दिन सकिदैन । जालसाजी गरेर ठग्ने छुट दिन सकिदैन । अपराध गर्ने छुट दिन सकिदैन ।’ उनले कारवाही गर्दा हस्तक्षेप भइरहने हो देश नबन्ने बताए । त्यसैले अब कसैलाईपनि राज्य लुट्ने छुट नदिईने बताउँदै उनले भने,‘सुरक्षाकर्मी तपाईंहरु दृढतापूर्वक उभिनूस् । संविधान कार्यान्वयन गर्न । ऐन, कानून्हरु कार्यान्वयन गर्न । लोकतन्त्रको प्रत्याभूति गराउनका लागि । त्यसमा कुनैपनि अबाञ्छित हस्तक्षेप हुन्छ कि भनेर भयवित हुनुपर्दैन । दृढतापूर्वक सामना गरेर अगाडि बढ्न अपिल गर्दछु ।’ भ्रष्टचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सुरक्षा निकायको अहम् भूमिका हुने भन्दै उनले नागरिक पहिले भन्ने मूलमन्त्र लिएर अगाडि बढ्न आग्रह गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली सङ्घको उडान…





