माघ २८ चितवन । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई पुरानै अवस्थामा फर्काउनसके अग्रज नेताहरुको सम्मान हुने बताएका छन् ।
स्व वलराम पौडेलको १२औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलीसभामा उनले पौडेलजस्ता लोकतान्त्रिक आन्दोलनका अगुवाको सम्मानका लागि पार्टीलाई पुरानै अवस्थामा फकाउन जरुरी रहेको बताएका हुन् ।
उनले भने, “पार्टीलाई पुरानै अवस्थामा फर्काउनका लागि शुद्धीकरण गरेर अघि बढ्नुपर्छ ।” कांग्रेसलाई रुपान्तरण गर्दै पुरानै अवस्थामा फर्काउनसके मात्र त्यागी नेताहरुको सम्मान हुने बताए । स्व पौडेलले पार्टीमा पु¥याएको योगदानको चर्चा गर्दै उनले पौडेलको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङ, नेपाली कांग्रेस बागमतीका सभापति इन्द्र बानियाँ, चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, तोपमान सिंह गुरुङ, कांग्रेस नेता वामदेव खनाललगायतले स्व पौडेलले देश, लोकतन्त्र र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
श्रद्धाञ्जली सभामा परिवारले पौडेलले अध्ययन गरेको त्रिभुवन माध्यमिक विद्यालय तनहुँ र अध्यापन गरेको भरतपुर महानगरपालिका–१६ को दुर्गा शेषकान्त माध्यमिक विद्यालयमा रु दुई लाख ५० हजारका दरले अक्षयकोष स्थापना गरेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







