फागुन १ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् ।
जनयुद्ध दिवसका अवसर पारेर योङ कम्युनिष्ट लिगले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् ।
प्रतियोगितामा प्रथम हुनुभएकी आशा उपरकोटीले रु ५५ हजार, द्वितीय स्थान हासिल गर्न सफल सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गरेकी सम्झना राईलाई रु २० हजार नगदसहित प्रधानमन्त्रीले सम्मान गरेका हुन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक…





