
नेपाली बजारमा आज एकै दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय घटेर १ लाख १७ हजार ७ सय रुपैयाँमा झरेको थियो । आज बुधबार फेरि १२ सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैगरि, चाँदीको मूल्य पनि आज तोलाको ३० रुपैयाँ घटेको छ । आज चाँदी १३६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।