फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०८० मा प्रकाशित




काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राती मध्यराती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।

निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ । यसअघि निगमले माघ १७ गते इन्धनको मूल्य बढाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।