फागुन ९ काठमाण्डौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको नामिबियाविरुद्धको खेलमा नेपाल एक सय ६८ रनमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव एक ओभरमा अलआउट हुन पुग्यो ।
नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए ।
त्यस्तै कुशल मल्ल ३८ र भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनानलले भने खाता खोल्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले समान चाररचार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एकरएक विकेट लिए । नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







