फागुन १० काठमाण्डौं । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा–११ ले २–१ ले जित्यो ।
पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो ।
आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे । त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए ।
नेपालका लागि साहब आलमले चार विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान एक–एक विकेट लिए ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।
क्यानडाका लागि डिलोन हेलिगर, निकोलस कीर्तन र हर्ष ठेकरले समान दुई–दुई विकेट लिए भने कप्तान सादबिन जफर र कलिम सानाले समान एक–एक विकेट लिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







