पोखरा, फागुन १२
सुनका गरगहना चोरी गर्ने ३ जना पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२६ बिजयपुर सम्पदाटोलबाट सुनका गरगहना चोरी गर्ने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं.–३ घर भई हाल बिजयपुर बस्ने बर्ष २८ का विसन रानाभाट, दोलखा भिमेश्वर घर भई हाल पोखरा–९ नयाँबजार बस्ने बर्ष २६ का रोहन प्रधान र तनहु जिल्ला शुक्लागण्डकी न.पा. वडा नं.–१० ढोरफेदी घर भई पोखराको बिजयपुर बस्ने २४ वर्षिय अर्जुन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट तिलहरी १ थान, मंगलसुत्र २ थान, झुम्का २ थान, बेरुवा औठी १ थान र जाली औठी १ थान तथा नगद १ लाख १६ हजार रुपैयाँ नगद बरामद गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा दिन पाँच (५) को म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी विकले बताए । उनीहरुबिरुद्ध ७ लाख ९६ हजार बराबरको विगोसहित कारवाही प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।