पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुुदेवी गुुरुङले पोखरालाई शिक्षाको हब बनाउने अभियानमा लागेको बताए । उहाँले बोलेर मात्रै शिक्षाको हब बन्न नसक्ने बताउदै तीनै तहका सरकारवीचको समन्वय र सहकार्यसंंगै त्यही अनुसारको शिक्षा नीति, योजना र कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । पोखरा महानगरले बनाउने नीतिले शिक्षा क्षेत्रलाई सहज बनाउदैँ शैक्षिक वातावरण निर्माणका लागि भुमिका खेल्नुपर्ने बताए ।
पोखरा महानगरपालिका वडा नम्वर २१ मा रहेको भविष्य निर्माण माध्यमिक विद्यालयको ७१ औैँ वार्षिकोत्सव, अभिभावक दिवस तथा अक्षयकोष स्वर्ण वर्ष कार्यक्रमा बोलदै उनले समुुन्नत पोखरा बनाउन शिक्षा, स्वास्थ्य र रोजगारी आवश्यक रहेको बताए । शिक्षाको हब बनाउन गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउदै उनले भने,“वार्षिक १ लाख विद्यार्थी उच्च शिक्षाका लागि विदेशिएको र अर्बौ रुपैयाँ समेत बाहिरिएकाले त्यसलाई रोक्न नीति ल्याउनुुपर्छ ।”
उपप्रमुख गुुरुङले समुुन्न र समृद्ध महानगर बनाउन शिक्षाको भुमिका महत्वपूर्ण हुने बताए । उनले बालबालिकाका लागि शिक्षा आर्जनका लागि घरबाटै बातावरण सृजना गर्नुुपर्ने र विद्यालयहरु पनि बालमैत्री वातावरणमा पढनपाठन गर्नुुुपर्नेमा जोड दिए । बालबालिकाले प्राप्त गरेको शिक्षाले जीवन परिर्वतन हुुनुुपर्छ तर त्यसको उल्टो अवस्था रहेको उपप्रमुख गुुरुङले बताए ।
उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालय जानुुपर्ने विद्यार्थीहरु विदेश जान त्रिभुुबन अन्तराष्ट्रिय विमानस्थलमा लर्को लाग्ने गरेको दृश्य दुखद रहेको बताउदै यसले अहिलेको शिक्षा प्रणालीका विषयमा सोच्नुपर्ने अवस्था आएको उनको भनाई थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमलकुुमार भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अक्षयकोष संकलन समितिका संयोजक झपिन्द्रराज रेग्मी, पोखरा २१ का कार्यबाहक वडा अध्यक्ष बिमला केसी, जिल्ला समन्वय समितिका सदस्य सीता विश्वकर्मा, पोखरा २१ का वडा सदस्य झपट रानाभाट, पोखरा २१ का निर्वतमान वडा अध्यक्ष खगराज आचार्य, राजेन्द्र बहादुर थापा, नारायण दाहाल, विद्यालयका प्रधानाध्यापक प्रकाश शर्मा रेग्मी लगायतले विद्यालयका बारेमा बोल्नुुभएको थियो । कक्षा शिशुदेखि १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
यसैवीच विद्यालयको शैक्षिक गुुणस्तर सुधारका लागि ५० भन्दा बढि दाताहरुले अध्यक्षकोष स्थापना गरेका छन् । विद्यालयले यस वर्षलाई अक्षयकोर्ष स्वर्ण वर्षका रुपमा लिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल भुुजेलले जानकारी दिए । अध्यक्षकोष संकलनका लागि झपिन्द्रराज रेग्मीको संयोजकत्वमा गठित समितिले शनिबारसम्म ३६लाख रुपैयाँ संकलन गरेको छ । सोही कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुरुङले अक्षयकोषका लागि ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
पोखरा २१ संग आफनो छुटटै सम्वन्धन रहेको बताउदै,उनले भने, “यो वडानले मलाई दुुई पटकनै उपप्रमुुखमा सबैभन्दा बढि मत दिएर विजयी गराएको छ । अबको तीन वर्षपछि म उपप्रमुख रहन्न तर यो वडासंगै सधै जोडि रहन पाउन भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेकी हुँ ।” यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल भुुजेलले मेरो विद्यालयका लागि बार्षिक मेरो १ हजार अभियानको उद्घाटन गरे ।
उनले विद्यालयका प्रधानाध्यापकलाई एक हजार रुपैयाँ हस्ताक्षर गरी अभियान सुरुवात गरे । सोही अभियानमा पोखरा २१ का निवर्तमान वडाअध्यक्ष खगराज आचार्यले पनि एक हजार रुपैयाँ सहयोग गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







