सुनचाँदीकोे भाउ घट्यो, आज कतिमा हुदैँछ कारोबार? हेर्नुहोस


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०८० मा प्रकाशित




नेपाली बजारमा सुनचाँदीकोे भाउ आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हप्ताको पहिलो दिन हिजो तोलाको एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरि, चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार चार सय रुपैयाँ रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।